July 2014 - Internet Business Nepal
Headlines News :

आइबिएनबारे बुझ्न चाहानेहरुलाई संक्षिप्त जानकारी

Written By Unknown on Thursday, July 31, 2014 | 12:33 AM

–एडमिन नेपाल

आइबिएन के हो ? नेटवर्किङ ब्यापार गर्ने कम्पनी हो ? अनलाइन जागिर दिने संस्था हो ? कति पैसा तिर्नुपर्छ ? मेम्बर बन्नै पर्ने हो ? पैसा तिरेपछि महिनाको कति आउछ भनेर दैनि सोध्ने यूवाहरु कम्ति छैनन् आजकल । इन्टरनेटको माध्यमबाट । अफिसमा पुरानो कमसल टेबल, एउटा मुनिको पाङग्रा खुस्केको कुर्सि, केहि पुरानो कार्पेट, सस्तो झ्यालको पर्दा सहितको एक साँघुरो कोठा जसलाई आइबिएनको अफिस भनेर नामाकरण गरिएको छ । त्यहाँ आएर बुझ्नेहरु पनि कम्तिका होइनन् । कति साथीहरुको बाध्यताले पनि त्यहाँ बुझ्न आउछन् । कतिले चासो दिएर पनि बुझ्न आउछन् । दैनिक ३ देखि ६ जना बढिले कम्तिमा आवद्ध भइरहेका हुन्छन् । मनमा एककिसीमको कन्फ्युजन लिएर पनि कतिपय पछिसम्म सोधिरहन्छन । हाम्रो पैसा फस्ने त होइन भन्दै ।

खुशीको कुरा के छ भने छोटो समयमा पनि धेरै ब्यक्तिहरुले आइबिएनमा आवद्ध भई काम गर्न इच्छा जाहेर गरिरहेका छन् । तर आइबिएनले केहि समयको पर्खाइ लिएर कुराइरहेको पनि साँचो हो । तर अब यो पर्खाइ तोडिएको छ । केहि दिनभित्रै आइबिएनले केहि सुभ समाचारहरु पस्किरहेको छ ।

आइबिएन कम्पनी होइन । यो एक अनलाइन स्वरोजगार तालिम दिने केन्द्र भनेर बुझे हुन्छ । न त यसले नेटवर्क ब्यापार नै गर्छ । नेटवर्क ब्यापार त केलाई भनिन्छ । यो हामीले बुझेकै छैनौ । यति बुझेको छौ । संसारमा त नभनिहालौ, नेपालमा नेटवर्क ब्यापार त अबैध छ । यो गर्नु भनेको अपराध गर्नु सरह हो ।

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ ।

आइबिएनमा आएर परामर्श निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । अहिले त अनलाइनको माध्यमबाट यानिकी स्काइपको माध्यमबाट पनि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्दछ । जोशुकैले । पोखरा आसपास रहने यूवाहरुको लागि सम्पर्क कार्यलय पनि हामीले बन्दोबस्त गरिसकेको छौ ।

आइबिएन एउटा अमेरिकन इन्टरनेट एफिलेट मार्केटिङ कम्पनीमा कार्य गर्ने सदस्य हो । जहाँ अन्य नेपाली बेरोजगार यूवाहरुलाई पनि उक्त कम्पनीको बारेमा राम्रो जानकारी, तालीम र सुबिधासहित उक्त कम्पनीमा आवद्ध गराई स्वरोजगार प्रदान गर्दछ । अनलाइनबाट कसरी काम गर्न सकिन्छ ? अनलाइन बिजनेश भनेको के हो यो सम्बन्धि केहि नयाँ अनुभब प्राप्त गर्दछ । अनलाइन बिजनेशबाट काम गरेर के को माध्यमबाट पैसा झिक्न सकिन्छ यसको बारेमा ब्यापक जानकारी गराई आम्दानी समेत गर्ने बाटो देखाइदिन्छ ।

बिश्वब्यापी रुपमा चल्न सक्ने अनलाइन पेमेन्ट गेटवेको बारेमा समेत तालिम उपलब्ध हुन्छ । अनलाइन मास्टरकार्ड समेत अमेरिकाको कम्पनीमा दर्ता गरी सबै आइबिएन सदस्यलाई उपलब्ध गराई सुबिधा दिने गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक त प्रयोग गर्छन् सबैले । तर त्यहि फेसबुकलाई सहि तरिकाले उपयोग गरेर कसरी पैसा कमाउन सकिन्छ । त्यसको बारेमा तालिम दिएर फेसबुक नै प्रयोग गरी आम्दानी गर्ने अवसर आइबिएनले प्रदान गर्दछ । यसैगरी ट्विटर, लिन्कदेह, जस्ता अन्य सामाजिक सञ्जाललाई प्रयोगमा ल्याएर काम गरी कमाउने अवसर प्रदान गरिदिने जर्मको आइबिएनले गर्दछ ।
अर्को महत्वपुर्ण कुरा ब्लग भनेको के हो ? ब्लगमा कस्तो कुरा लेखिनुपर्छ । किन लेखिनुपर्छ । ब्लग कसरी बनाउने । डिजाइन देखि लिएर यसमा ब्यवसायीक रुपमा लेखेर कसरी अनलाइन बिजनेश गर्ने यो पनि आइबिएनले सिकाउने गरेको छ ।
इन्टरनेटमा त आम्दानी गरिएला । ताकि बिजनेश गरेर । तर त्यहाँ कमाएको पैसा कसरी झिक्न सकिन्छ त ? के इन्टरनेट एकाउन्टमा डलर मात्र लेखेर केहि होला त ? इन्टरनेश्नल पेमेन्ट एकाउन्ट कसरी निर्माण गर्ने ताकि कसरी खोल्न सकिन्छ ? कसरी त्यसलाई प्रयोगमा ल्याउने साथै नेपालको लोकल पेमेन्ट एकाउन्ट (इसेवा) कसरी खोल्ने र इन्टरनेटमा कमाएको पैसा कसरी इसेवामार्फत झिक्ने यो समेत आइबिएनले सिकाउने गरेको छ ।

यसको तालिम शुल्क कति होला ? लाखौ नै लाग्ला कि ? भनेर तर्सिनेहरु पनि कम्ति छैनन् । हामी यूवाहरुको मस्तिष्कमा केहि पाउनलाई केहि गुमाउनु पर्छ भन्ने सोच भन्दा नि डर बढि छ । भय बढि छ । त्रास छ । यो हुनु म चाहि अत्यन्त स्वभाविक ठान्छु । बिगतमा पनि धेरैले कति पैसा डुबाए यस्तो अनलाइन बिजनेशको नाममा ।
मैले आफुले पनि नडुबाएको पनि कहाँ हो र ? इन्डियाको २०११ मा स्थापित अनलाइन सर्भे कम्पनी स्टार न्युजको बबन्डरले मेरो गाउँबाट लिएको २ लाख ऋण चिलिम त भयो नै । मैले सिफारिस गरेर लगानी गर्ने मेरो साथीहरु पनि लाखौ डुबेको घटनाहरु मन मनमा टिन टिन बजिरहेको छ । संझिल्याउँदा मेरो ऋणको चुकचुकी उत्ति नै छ । अरु साना तिना २०, ५०, १०० डलरका लगानी को त लेखाजोखा नै छैन । रात दिन अनलाइनमा घोटिएर महिनौ, बर्षौ लाएर अनलाइन बिजनेश कम्पनीहरुको ढोका ढक्ढकाउदा इन्टरनेट जोड्ने कम्पनीलाई इन्टरनेटको बिल तिरेर पालेको पनि कम्ति होइन ।

के सोचियो भने धेरै पैसा लगानी गरेर धेरैको आशा बोक्नु अनि अनेक सपना देख्नु(ज्ष्नज च्ष्कप ज्ष्नज न्बष्ल० सबैभन्दा बढि मुर्खता रहेछ । हुन त मेरा आइबिएनका अधिकांश साथीहरुले अन्य धेरै कम्पनीहरुमा लगानी गरेर दुई पाँच हजार पैसा फसाएको पनि धेरै सुन्नु परेको छ  । हामी बिद्यार्थीहरुको लागि त्यो पैसा धेरै ठुलो हो । यसमा म ढाडस दिनु सिवाय अरु के नै सकुला र । र मैले अत्यन्तै सजिलो र भरपर्दो कम्पनी, कम्पनीको मालिक, कम्पनीमा राम्रो सफल ब्यक्तिहरु चहार्दा चहार्दा राम्रो प्लेटफर्म पाए अनि मैले त्यहि गर्ने निर्णय ढिलो गरी गरे ।

सिक्न आउने ब्यक्तिहरुलाई रु.५००० भन्दा बढि तालिम शुल्क लिने गरिएको छैन । जसमा सबै थोक सेवा सुबिधा प्राप्त गर्नेछ । अहिले त झन् त्यसमा पनि आधा अलिकति कम छुट दिएर तालिम दिइरहेको छु । त्यति पैसा तिर्दैमा मात्र पैसा आउने कतिपनि होइन । त्यति पैसाले मासिक कम्तिमा दश हजार जति आम्दानी गर्ने प्लेटफर्म चाहि दिइन्छ ।

काम सबै गाह्रो । तर गर्न जाने हदै सजिलो पनि हो । मेहनतबाट डराउनेहरु जहिले पनि पछि नै हुन्छन् । मलाई यसमा केहि भन्नु छैन ।

आइबिएनको मोटामोटी कुराहरु यहि हुन् । बाकी कुरा यहाँ फर्म भरि पठाउनुस् । त्यसपछि बाँकी हामी आफै तपाईलाई फोन गरी राम्ररी प्रत्यक्ष पनि बताउन सक्छौ । इच्छुकले सम्पर्क गरे खेर जादैन ।
आइबिएनको बारेमा काम नगरे पनि पढेर जानकारी लिनुभयो । जसको लागि धन्यवाद । तपाईले नगरे पनि अन्य साथीहरुको लागि यो फाइदाजनक होला । अरुलाई सेयर गरी बेरोजगार साथीहरुलाई तपाईमार्फत सेयर गरेर अवसर दिन पनि कञ्जुस नगरीदिनुस् ।
धन्यवाद ।


बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

–एडमिन नेपाल

यो हाम्रो देश छ नि खै के भन्ने । न त यसलाई हामीले नै बुझ्न सकेका छौ न त यिनले हामीलाई नै बुझ्न सकिरहेको छ । देशलाई के दोष दिम् । ह्या.....।

बिचरा देशको त के दोष छ र । देश हाम्रो नेपाली माटो हो । यहाँको बाताबरण हो । मानबले जस्तो बनायो देश त त्यस्तै त हुने होनि हैन र ? बुझ्न त यहाँ नेताहरुले पर्ने हो । १० बर्ष संघर्ष गरेर देशमा आमुल परिबर्तन ल्याउछु भनेर १५००० जना नेपालीको बलिदान दिई गफ लडाउने हाम्रा महान आदरणिय नेताहरुको हो । तर के भन्ने उहाँहरु मात्र सम्पन्न भईरा जस्तो देखिन्छ । नेतालाइ गालि नगरम् भनेनी फेरी देशमा गर्ने भन्नेहरु नै उनीहरुको हो । आश त उनीहरुबाट नै हुन्छ नि हैन त ?

फेरी अर्को कुरा नेतालाई गालि मात्र गरेर पनि केहि हुनेवाला छैन । आफुले पनि केहि गर्नुपरो नि । त्यो प्रयाशमा म चाहि छु । तर कतिञ्जेल सम्म गर्न सकिन्छ त्यो छुट्टै कुरा । नेपालमा बेरोजगारीको त कुरै छोडौ । नेपाली यूवाहरुको योग्यता सोध्नुपर्छ कति पढ्या छौ ? अनि भन्छन् ब्याच्लर प्रथम, ब्याचलर सेकेन्ड एयर, ब्याच्लर थर्ड एयर, ए म त मास्टर पो अहिले भर्खर पढ्न सुरु गर्दै हो । अनि काम चाहि के गर्दै हुनुहुन्छ ? अनि भन्छन् अहिलेसम्म खाँसै केहि छैन । अब बिस्तारै पढाउन सुरु गर्नुपर्ला ।

यस्तो बाताबरण छ हाम्रो नेपालमा । नेपाल सुध्रिन त यूवा आफै सुध्रिन पर्ने बाध्यता अहिलेको यो अवस्थामा छ । देशको कानुनले, देशको नेताहरुले नियम ल्याएर समृद्ध राष्ट्र बन्न त खै कहिले पो होला कुन्नि । यो भन्न सकिने अवस्था छैन ।

आर्थिक क्रान्तिको जरुरी भन्दा पनि अहिले यूवाहरुलाई भरपर्दो अवसरको खाँचो छ । जब इच्छाअनुसारको आम्दानी हुन्छ । आर्थिक आम्दानी गर्न सकिने अवसरको बाटो, अनि आर्थिक अवस्था सुदृढ बनाउन सकिने दिमागको छिद्रहरु पनि बिस्तारै यूवाहरुमा आउन सक्छ ।

 जापानीज लेखक रोबर्ट कियोसाकीले आफ्नो रिच ड्याड पोर ड्याड भन्ने किताबमा के भनेका छन् भने स्कुलमा जहिले पनि सबै बिषयको पढाई हुन्छ तर पैसा कसरी कमाउन सकिन्छ भन्ने बिषयको चाहि कति पनि पढाई हुदैन । कुनै बिषयमा राम्रो डिग्री पास गरेर राम्रो कम्पनीको जागिर र दिर्घकालीन रुपमा सुखी तरिकाले बस्न सकिने खालको मात्र सोच भएको पढाई हुन्छ भन्दै एउटा भाव तरंग हामीमाझ प्रस्तुत गरेको छ । यो सोच साच्चिकै अहिलेको अवस्थामा पनि छ । स्कुलमा मात्र बिद्या, ब्यवहारिक ज्ञान((Proffesional Skill)को मात्र पढाई हुन्छ तर आर्थिक संमृद्धिको ज्ञान हुदै हुदैन भने नि हुन्छ ।

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् ।

नेपालमा भ्रष्टचार ब्याप्त छ । जुन हामीले देखिरहेका छैनौ पनि । देखिरहेका छौ पनि । यसले के देखाउछ भने पैसा भन्ने चिज एक ठाउँ गुम्सिरहेको छ । त्यो बाहिर आउन सकिरहेको छैन । मान्छेले यो कुरा बुझिरहेको छैन कि पैसा साधन मात्र हो साध्य होइन भनेर ।

अनि हामीमा यो बिश्वासको अभाव पनि छ कि एक एक मिले धरती फोड्न पनि सकिन्छ भन्ने । तर त्यो बिश्वास गर्ने जमात बन्न साह्रै गाह्रो छ । बनाउने प्रयाशसम्म पनि गर्दैनौ किनकी हामीमा बिश्वासको अभाव छ ।

तर,

अब त्यसो भनेर नहुने भो । अब हरेक यूवाहरु एक आपसमा एकजुट भएर एउटा गतिलो इन्टरप्रेनर बन्न किन कोशिष नगर्ने ? नेपालमै किन अवसर नखोज्ने ?

हो आइबिएन(इन्टरनेट बिजनेश नेपाल) यहि कोशिष राख्दछ कि एक एक यूवा मिलेर बिस्तारै इन्टरप्रेनर बन्न कोशिष गरौ भनेर । यो समयको माग बनिआएको छ ।

आइबिएनको परिकल्पना मैले गरेको होइन । यो परिकल्पना धेरै अघि अरु नै बिद्धानहरुले बनाएको हो । मैले यसलाई कार्यन्वयनमा ल्याउन मात्र कोशिष गरेको हुँ । म यो पनि दावा गर्दिन कि यसले सबैलाई धनि बनाउछ भनेर । तर यति भन्न सक्छु यसमा एकजुट मिलेर काम गरियो भने नेपालमा १० देखि ५ बजेको समयमा ड्युटी गरेर पाउनुपर्ने सामान्य कामदारको आम्दानी सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

आइबिएन एक माध्यम हो जो अमेरिकाको अत्यन्तै पुरानो र सफल कम्पनीमा सहकार्य गरेर काम गर्दछ । आइबिएनले नेपाली बिद्यार्थी यूवा बर्गलाई लक्षित गरेको छ । हाल आइबिएनमा सक्रिय रुपमा आवद्ध हुनेहरु पोखराबाट मात्रै ७० जनाभन्दा बढि छन् भने दैनिक २८ जना ब्यक्तिहरु यसमा एकदमै सक्षम र सक्रिय रुपमा दैनिक चाँसो देखाइरहेका छन् । तर अब ढिलो नगरीकन उनीहरुलाई इन्टरनेट बिजनेशको एक किस्सामा उभ्याएर नतिजा देखाउने दिन आइसकेको छ ।

काम गरेर पैसा पाइन्छ । पातबाट पलाउन खोज्नेहरु जहिले पनि असफल हुन्छन् । जराबाट पलाउन खोज्नेहरु नै सफल हुन्छन् । यस कुरामा निर्धक्क भए हुन्छ । काम गर । मेहनत गर । इमान्दारीपुर्बक कामको बारेमा बुझ । इमान्दारीपुर्बक कामको बारेमा चासो देउ । इमान्दारीपुर्बक काममा तल्लिन रहौ । कडा मेहनतका साथ एउटा उद्धेश्यमा निश्चिन्त रहेर काम गरौ । इन्टरप्रेनर बन्न कति पनि बाटो पर छैन । नजिक छ ।

सबैलाई मेरो शुभकामना ।

Please contact us for IBN

Written By Unknown on Wednesday, July 30, 2014 | 12:55 AM


आइबिएनमा सफल भएका पहिलो पुस्ताका यूवाहरु ।

Samjhana Devkota and Laxmi BK qualified for Internet Marketing

Shreya Gurung is qualified for Next Project. 

Parbati Bhandari and Tikaram Gautam 

Babita KC

Bibika Thapa is qualified for Next project

Sunil Pariyar

Karim Mohammad

Binod Nepali and Suchitra Pun

Namuna Karki

बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् । Read More

आइबिएन के हो ?

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ । Read More

Top friends in Facebook

  • Tufan Shrestha
  • Sagar Achrya
  • Rajan Adhikari
  • Deepa Kulung
  • Anuz Kulung
  • Payal Thapa
  • Binita Gurung
  • Sanjeev Sah
  • Ambi Gurung
 
Design By : Anuz Kulung | Sanjeev Sah | IBN Team
Copyright © 2011. Internet Business Nepal - All Rights Reserved