यूवाहरुलाई यहाँ अवसरको खाचो - Internet Business Nepal
Headlines News :
Home » » यूवाहरुलाई यहाँ अवसरको खाचो

यूवाहरुलाई यहाँ अवसरको खाचो

Written By Unknown on Wednesday, June 4, 2014 | 2:49 AM




अनुज कुलुङ

हरेक यूवाहरुलाई यहाँ अवसरको खाचो छ । पत्र पत्रिकामा वान्टेड र जागिरको अवसरको बिज्ञापन पनि उत्तिकै नभएको होइन । ति अधिकांश काम नलाग्ने खालका बिज्ञापन परे । तर पनि यहाँका राम्रा, नराम्रा, सीपयुक्त जति पनि यूवाहरु छन् बिदेशीएका छन् । किन त ? किनकी यहाँ उपयुक्त काम छैन । आफुले जानेको सीपको उपयोग गरेर स्वलम्बी बन्ने बाताबरण र उचित शिक्षा छैन ।

म पनि त्यस्तै यूवा हुँ । जो आफ्नो सीपलाई आफ्नै ठाउँमा सहज तरिकाले उपयोग गर्न नपाएको युवा । किनकी यहाँ बाताबरण छैन । यहाँ उचित शिक्षा छैन । यहाँ अवसर भएर पनि त्यसलाई उपयोग गर्नबाट बञ्चित भएको युवा । यस्तै यस्तै .....।

नेपालमा संबिधान छैन । जसलाई देशको मुल कानुन ठानिन्छ । मुल कानुन नै नभएको देशमा भ्रष्टहरुलाई सजिलो भएको छ । अपराधीलाई अपराध गर्न खुल्ला भएको छ । गुन्डा गर्दी बढेको छ । हत्या बढेको छ । बलात्कार बढेको छ । शान्ति छैन । अमनचयन छैन । यहाँ सबथोक बेहाल छ । यूवा पिडित छन् । आर्थिक रुपमा, मानसिक रुपमा ।

दुःख गरेर पढेका छोराछोरी र दुःख गरी गरी पढाई दिएका बाबुआमाको दुःख दुःखमै अन्त्य भइराखेको छ । पढेपछि कतार, कुबेत, मलेशिया, दुबई, बहराइन भास्सिनु यहाँको बाध्यता हो । हो, ति रहर नभइ साच्चिकै बाध्यता नै हो । अलिक हुनेखानेहरुले राम्रै बिदेश चहारेका छन् । जस्तै अष्ट्रेलिया, जापान, युके, डेनमार्क उस्तै परे अमेरिका पनि छिरेका छन् ।

देश बिकास गर्ने नेताहरु आफ्नै तालमा बेताल भइबसेका छन् । यो दुःख लाग्दो कुरा हो । राजनीतिक अस्वस्थ्य प्रतिष्प्रधाले देशलाई बेहाल पारेका छन् । खालि नेताहरु जनताको हक र हितका लागि भन्दा पनि आफ्नै स्वार्थ परिपुर्तिको लागि अनेक बहानामा देशको ढुकुटी रित्याएका छन् । मन लागेको गाडी चढेका छन् । मन लागेको भ्रष्टचार गरेका छन् । गरीबहरुलाई सताएका छन् ।

पश्चिमी मुलुकमा प्रबिधिले फड्को मारिसक्यो । हाम्रो देशमा केहि वास्ता छैन । एकतामा बाध्न सक्ने फेसबुकलाई कुनै ताका नेपालमा बन्द गरिनुपर्छ भन्ने हाम्रै देशका गन्नेमान्ने नेताहरु हुन् । जो कि प्रबिधिको कति महत्व छ भन्ने उनिहरुको सोचाईमा कहिल्यै पर्दैन । उनीहरुको सोचाई जहिल्यै पनि पुरातनवादी सोचाई हुन्छ । उहि सामन्ती सोचाई । लुटको सोचाई । नयाँ सोचाईमा नेताहरु बिश्वस्त छैनन् । उनिहरुलाई बिश्वास लाग्दैन । त्यसो त नयाँ प्रबिधिको बारेमा जानकार राख्ने त परै कुरा ।

हदै कम नेताहरु प्रबिधिसंग जोडिएका छन् । नत्र कतिपयलाई कम्प्युटरको उपयोग गर्न सायदै आउला । नेपालमा हरेक तवरबाट बिकासका सम्भावनाहरु जोडिन्छन् । तर त्यसलाई ब्यस्थित गरी लागु गराउन आजका सरकारले सकिरहेका छैनन् । महिनौ पनि टिक्न नसक्ने सरकारले के पो गर्ला र ?
अवसर प्रबिधिमा छ । अवसर कृषिमा छ । अवसर पर्यटनमा छ । अवसर अन्य धेरै कुराहरुमा छ । यति हुँदा हुँदै पनि हामीसंग उचित बाताबरणको अभाव छ । यहि अभावको कारण नेपाल बिकासमा पछाडि परेको हो । राम्रो सीपयुक्त ब्यक्तिहरुलाई बिकसित मुलुकहरुले किनेर उनिहरुको देशमा लगेपछि नेपालमा कुन सीपले बिकास गर्न सकिन्छ । क्षमता भएको ब्यक्तिहरु नेपालमा टिक्न सक्दैनन् । किनकी हरेकलाई आफ्नै भबिष्यको चिन्ता हुन्छ ।

देशप्रेम सबैलाई हुन्छ । यहाँ केहि नयाँ गर्न खोज्नेलाई सुरक्षा छैन । शान्ति छैन । धम्की र त्रासमा बाच्दै काम गर्नु ठुलो चुनौतीको काम हो । त्यहि काम अरु देशमा स्वतन्त्र तरिकाले गर्न पाउँछन् । त्यहाँ शान्ति छ । सुरक्षा छ । शिक्षित बर्गहरुको लागि साच्चिकै ति सुख सुबिधाहरु अरुको देशमा राम्ररी उपभोग गर्न पाएका छन् । तर हाम्रो देशमा त्यो काम गैह्रकानुनी, अवैध काम ठहरिन्छ ।
नेपाल कृषिप्रधान देश भनेर स्कुलमा घोकाउनु ब्यर्थै मात्र हो । कृषिबाट क्रान्ति गरी आर्थिक उन्नति गर्न सकिन्छ भन्नु पनि नेताहरुको बनावटी डायलग मात्र भइरहेको छ । तर त्यसलाई कार्यन्वयन कसरी गर्न सकिएला भन्ने बिषयमा यदि नितिनियम र उचित बाताबरण तयार गरिदिने हो भने सम्भव रहन्थ्यो । तर पनि पछिल्लो समयमा केहि सहकारी र स्वरोजगारको समाचारले आशा चाहि नपलाएको होइन । आशा भरपुर छ । तर भरोषा छैन । डा.बाबुराम भट्टराइले बाख्रा पालन सुरुवात गर्नुजस्ता समाचार देखावटी मात्र नहोस् । निरन्तरता होस् र अरुको निम्ति उदाहरण बनोस् ।

परिबर्तन आफैबाट सुरु गर्नु पर्छ । यो मलाई थाहा छ । करिब ६ बर्ष भयो । इकमर्समा निजि अध्ययन र खोज गर्न थालेको । नेपालमा इकमर्सको अत्यन्त सम्भावना छ । तर दुःखको कुरा इकमर्स नेपालमा लागु गर्न निकै ठुलो क्रान्ति नै आवश्यक पर्छ । एकताको आवश्यक पर्छ । इकमर्स बिजनेश गर्नेहरु नेपालमा अत्यन्त न्युन र दुर्लभ छन् । इकमर्सको उचित अध्ययन नेपालमा छैन ।

अमेरिका, बेलायत, फिलिपिन्स जस्ता देशहरुमा किशोर युवा युवती देखि लिएर रिटायर भएर बसेका बुढाबुढीहरुले पनि घरमै बसि बसि सहज तरिकाले काम गरिराखेका छन् । कमाइराखेका छन् । अनलाइन बिजनेशमा पश्चिमी मुलुक निकै अगाडि छ । तर त्यो प्रभाव हाम्रो मुलुकमा अझै पनि छाउन समय लाग्छ । तर समयको माग अनुसार त्यो पनि कुनै समय आउनै पर्छ ।

नेपालमा बिस्तारै अनलाईन सपिङ पोर्टलहरु सुरुवात भइरहेको देख्दा सम्भावना चाहि म निकै देख्छु । जस्तै मुन्छा डट कम, इसेवा डट कम, आइपे डट कम जस्ता वेब पोर्टलहरुले निकै प्रयाश गरिरहेका छन् । यो पनि इकमर्सको एउटा नमुना हो । यस्तै बिकास नेपालमा हुने हो भने यूवाहरु निकै आकर्षित हुनेछन् र हाल पनि अधिकांश यूवा यि बिषयप्रति निकै चासो लिएर अध्ययन गर्न लालयित छन् । राज्यले यसलाई एउटा आर्थिक बिकासको निम्ति केहि चासो लिएर योप्रति संबन्धित निकाय तथा नीति नियम बनाएर ब्यवस्थित गर्ने हो भने बिकासमा निकै टेवा पु¥याउनेछ ।

देश राजनीतिक खिचातानीमै सीमित रहने हो भने नेपाल नेपाल नै रहि रहला भन्न चाहि गाह्रो भइसकेको छ । दैनिक लोडसेडिङको समस्याले हरेक क्षेत्रमा प्रभाव परेको छ । सुचना तथा सञ्चार क्षेत्र, औधोगिक क्षेत्र लगायत अन्य धेरै क्षेत्रहरुमा प्रभाव पर्छ । औधोगिक क्षेत्रमा प्रभाव पर्नु भनेको नेपाली जनमानसको लागि धेरै ठुलो गरिबी निम्त्याउनु हो । यसलाई राज्यले निर्मुल गर्नुपर्छ । बिद्युत भए मात्र अधिकांश कुरा संभव छ । बैकल्पिक नीति अपनाउन सकिने तत्कालिन अवस्था अहिले छैन । उच्च प्रबिधिको बिकासले गर्दा नेपालमा यहि बिद्युत कमीले गर्दा प्रबिधि संग अझै राम्ररी अपडेट भइराख्न सकिएको छैन । त्यसो हुँदा पछि पर्ने हामी नेपाली नै हौ । राम्रा बिद्यार्थी बिदेशीनको कारण बिकल्प नदेखेर नै हो । हरेक क्षेत्रबाट बिकासको नीति अपनाउने हो भने नेपाल नमुना देश बन्न कति पनि टाढा छैन । भलै नेताहरुले यो कुरा सोचे हुन्थ्यो । कुनै दिन सोच्ला नि । आशा गरौ ।

...............यो लेख पोखराबाट प्रकाशित हटलाइन राष्ट्रिय दैनिक “अवसर” भन्ने स्तम्भमा प्रकाशित भइसकेको छ । जसको स्तम्भकार अनुज कुलुङ हुन् ।
Share this article :

0 comments:

Please give us your comment

Write your feedback!...Thank You

बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् । Read More

आइबिएन के हो ?

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ । Read More
 
Design By : Anuz Kulung | Sanjeev Sah | IBN Team
Copyright © 2011. Internet Business Nepal - All Rights Reserved