नेपालमा आउटसोर्स अनलाइन जबको सम्भावना - Internet Business Nepal
Headlines News :
Home » » नेपालमा आउटसोर्स अनलाइन जबको सम्भावना

नेपालमा आउटसोर्स अनलाइन जबको सम्भावना

Written By Unknown on Wednesday, June 4, 2014 | 2:51 AM

-अनुज कुलुङ

आज आउटसोर्समा अवसरको कुरा गरौ । सबैभन्दा पहिले आउटसोर्स भनेको के हो ? कतिपयलाई यो बिषयमा राम्रो जानकारी पनि होला । कतिले पहिलो चोटी सुनेको होला । खैर, आजको यो लेख आउटसोर्सको बारेमा तपाई मेरो प्रिय पाठकको लागि जानकारी स्वरुप राखेको छु ।

प्रबिधीको तिब्र बिकासले आज हरेक असम्भव काम सम्भव भइसकेको छ । बिशेष गरी कम्प्युटरमा दक्ष रहेका बिद्यार्थी यूवाहरुको लागि यो आजकल आकर्षणको केन्द्रबिन्दु बनेको छ । जो संग वेब, ग्राफिक, कन्टेन्ट राइटिङ, एसइओ जस्ता सामान्य बिषयको बारेमा गहन जानकारी छ । ति ब्यक्तिहरुले सहज रुपमा आउटसोर्स काम गर्न सक्छन् । नेपालमा बिस्तारै यो बिषयमा जानकारी लिदै छन् । नेपाल प्रबिधिसम्बन्धि बिषयमा निकै पछाडि नै छ ।

इकमर्सको बिषयमा गहन रुपले अध्ययन अध्यापन नेपालमा नरहे पछि यूवाहरु अति पछि छन् । जे जति जान्दछन् । ति सबै स्वअध्ययनमा सीमित छ ।
बाहिरको काम आफ्नै देशबाट कम्प्युटर इन्टरनेटको उपयोग गरेर काम गर्नु नै आउटसोर्स हो । तपाईको सीपलाई अन्तराष्ट्रिय बजारमा बिक्रि गर्नु आउटसोर्स हो । सरल भाषामा बुझ्नुस् “आउट” को अर्थ बाह्य, “सोर्स” को अर्थ श्रोत । यानिकी बाहिर देशबाट कामको श्रोत उपलब्ध हुन्छ । जहाँ तपाईले ति काम गर्ने क्षमता र दक्षता छ भने घरमै बसि बसि काम गर्न सक्नुहुन्छ ।

काठमाण्डौ, पोखरा र धरान जस्तो मुख्य शहरमा केहि केहि आउटसोर्स काम गर्ने ब्यक्तिहरु फेला पर्छ । काठमाण्डौमा रेयन एहेम भन्ने एक यूवा सर्च इन्जिन सम्बन्धि काम गर्छन् । उनको काम गर्ने करिब ७ जनाभन्दा बढि टिम छ । उनको टिमले सहि समयमा काम गर्छन । बाहिरबाट आएको काम सहि समयमा सहि तरिकाले पुरा गर्ने हुँदा उनीहरुलाई कम्पनीले राम्रै आम्दानी पनि उपलब्ध गराउछन् । करिब एउटा प्रोजेक्टमा पन्ध्र सय डलर देखि तिन हजार डलरसम्म आम्दानी गर्छन् ।

पोखरामा महादेव सुवेदी ले हरेक दिन आफ्नै घरबाट गुगलको एक प्रोजेक्टमा काम गर्छन् । उनले यहि बसि बसि काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । खोज्दै जाने हो भने नेपालमा यस बिषयमा काम गर्नेहरुको ताति ठुलो नै छ तर त्यसलाई ब्यवस्थित तरिकाले नेपालमा गर्न सकिरहेका छैनौ । त्यो किन हो त ? किनकी नेपालको राजनीतिक अस्थिरताको कारणले हो । राज्यले चाहाने हो भने यो काम क्षणिक रुपमा सम्पन्न हुन्छ । तर यस्तो बिषयमा राज्यको चासो छैन ।

आउटसोर्स गर्नको निमित्त तपाईसंग कम्प्युटर बिषयको कुनै पनि बिषयसंग भरपुर ज्ञान हुनुपर्छ । अहिले संसारमै सबैभन्दा चाँडै बिक्रि हुने भनेको वेब डिजाइन, ग्राफिक डिजाइन र एसइओ हो । यदि तपाईसंग यि बिषयको बारेमा भरपुर ज्ञान छ भने तपाईले फ्रिल्यान्सर वेबसाइटहरुको सहयतामार्फत आफ्नो कामको लागि बिड गर्न सक्नुहुनेछ ।

आउटसोर्सको निम्ति अंग्रेजी बिषयमा तपाईको दक्षता रहनु पनि जरुरी छ । यसले गर्दा तपाईले आफ्नो कामको बारेमा जानकारी लिन र दिनको निम्ति अंग्रेजी बिषय ठुलो माध्यम बन्छ । अनलाइन जबबाट कमाउन चाहानेहरुको लागि आउटसोर्स नै त्यस्तो अवसर हो जुन काम तपाईले संसारको कुनै पनि ठाउँमा गएर गर्न सक्नुहुन्छ । त्यो पनि तपाईको समयमा । जहाँ तपाईले कुनै बोसको खटनमा, तिनको समयमा गर्न जरुरी छैन । तपाई आफ्नो समयमा ति काम गर्न सक्नुहुन्छ । तर त्यसको लागि तपाईसंग स्तरीय काम गर्ने ढंग चाहि हुनुपर्छ ।

अष्ट्रेलियाबाट अर्चना श्रेष्ठ एक नेपाली नारीले बिगत १० बर्ष यतादेखि वेब डिजाइनमा काम गरिराख्नुभएको छ । एक आउटसोर्स वर्करको रुपमा । अर्थात अर्को भाषामा यस्तो प्रकारको काम गर्ने मान्छेलाई फ्रिल्यान्सर पनि भनिन्छ । उहाँलाई विभिन्न देशको ब्यक्तिहरुले, संस्थाहरुले वेबसाइट बनाउनको लागि आग्रह गर्छन् । आफ्नो समय मिलाएर उहाँ ति कामहरु सहज रुपमा पुरा गर्नु हुन्छ । उहाँको आम्दानी अपेक्षा गरेभन्दा अत्याधिक बढि छ । किनकी काम पनि प्रबिधिको बिषयको हुनाले पनि अरु हेरिकन बढि नै आम्दानी हुन्छ । अझ अष्ट्रेलिया देश जहाँको लोकेशनले पनि उहाँको आम्दानीमा भरपुर प्रभाव पर्छ ।
नेपालमा प्रचुर सम्भावना हुदाहुदै पनि बिद्युतको कारणले चाहेको तरिकाले आउटसोर्स काम गर्न सकिरहेका छैनौ । दैनिक बढ्दो लोडसेडिङले गर्दा यो कार्यमा अत्याधिक प्रभाव पर्छ । यसलाई नियन्त्रण गर्न सकिने हो भने बिदेशी मुद्रा नेपालमा भित्राउन एकदमै सहज हुन्छ । किनकी यो बिषयमा सिक्न सकिने ठाउँ कहि पनि छैन ।

पुर्ब उर्जामन्त्रि गोकर्ण बिष्टको भनाईअनुसार नेताहरुमा देश बिकासको प्रबल इच्छाशक्ति भएमा नेपालले दश बर्षमा दश हजार मेगावटको बिद्युत उत्पाद गर्न सक्छ भन्ने धारणा दिएका थिए । तर नेताहरुमा त्यो इच्छाशक्ति नै नभएको महशुष नेपाली जनताहरुले गरिरहेका छन् । बिश्व बिकास बैंकका बित्त निगम आइएफसीले समेत ६ खर्ब सहयोग गर्ने भनिसकेपछि सरकारले फटाफट त्यो पक्रियालाई कार्यन्वयन गरे हुन्थ्यो । तर खै । गर्ने हुन् कि हैनन् । त्यो बीचमा कति भ्रष्टचार हुन्छ । त्यो चिन्ता छ । कतिले गुन्दागर्दी हुँदो हो । त्यो चिन्ता छ । यसले खतरा निम्त्याउँछ । सरकारले गहकिलो नीतिनियम र रणनीतिक योजना बनाउने हो भने नेपाल समुन्नत बन्न कति पनि बेर लाग्दैन ।

बरोजगारी हट्छ । यूवाहरुले भरपर्दो रोजगार प्राप्त गर्न सक्छ । आउटसोर्स पनि ति मध्ये एउटा माध्यम हो । जसले कैयौलाई रोजगार दिन सक्छ । नयाँ कुरा र नयाँ प्रबिधिको बिकासलाई पनि सरकारले वास्ता गर्ने कुरा हो । यहाँ बेरोजगारी यूवालाई कसरी परिचालन गर्ने त भन्ने बिषयमा सोच बिचार र अवसर प्रदान गर्नु आजको मुल आवश्यकता हो । नभए यूवाहरुको नयाँ जनशक्तिलाई उपयोग गर्ने सहज बाताबरण तयार गर्नु पर्छ ।

नेपालमा आउटसोर्स अनलाइन जब भनेको नयाँ सोच र नयाँपन हो । जो यूवा बिद्यार्थीहरुको लागि एकदमै फाइदाजनक र आम्दानीमुलक काम भनेर मान्न सकिन्छ । यसलाई बुझ्ने प्रयाश सबैले गरौ ।

...............यो लेख पोखराबाट प्रकाशित हटलाइन राष्ट्रिय दैनिक “अवसर” भन्ने स्तम्भमा प्रकाशित भइसकेको छ । जसको स्तम्भकार अनुज कुलुङ हुन् ।
Share this article :

0 comments:

Please give us your comment

Write your feedback!...Thank You

बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् । Read More

आइबिएन के हो ?

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ । Read More
 
Design By : Anuz Kulung | Sanjeev Sah | IBN Team
Copyright © 2011. Internet Business Nepal - All Rights Reserved