नेपालमा इन्टरनेट मार्केटिङको अवस्था - Internet Business Nepal
Headlines News :
Home » » नेपालमा इन्टरनेट मार्केटिङको अवस्था

नेपालमा इन्टरनेट मार्केटिङको अवस्था

Written By Unknown on Thursday, September 4, 2014 | 11:40 AM


–अनुज कुलुङ

इन्टरनेटको प्रयोगकर्ताहरु दिनानुदिन नेपालमा बढ्दै गइरहेको छ । अझ त्यो भन्दा पनि बढि पछिल्लो पटक निकै चर्चामा रहेको सामाजिक सञ्जालहरु । आजकल हरेक स्कुलका स–साना किशोरीहरु देखि लिएर पढेलेखेका पाकासमेतले सामाजिक सञ्जाल फेसबुकको उपयोग गरिरहेका छन् । यो खुशीको कुरा हो । जे भए पनि प्रबिधिको नगिचमा रहेर हामीले प्रबिधिलाई सहि सदुपयोगमा ल्याइरहेका छौ । अब बिस्तारै मान्छेहरुले मोबाइल फोनको उपयोग गर्न छाड्ने सम्भावना पो प्रबल देखिन्छ ।

तृष्णा गुरुङ । उहाँ बाग्लुङबाट आइबिएनमा कार्यरत हुनुहुन्छ ।
ब्यक्तिगत रुपमा नेपालीहरुले इन्टरनेटको प्रयोग गरेर लाभ त लिई नै रहेका छन् । क्षणभरमै टाढाको आफन्तहरुसँग भनेको समयमा चाहेजति कुरा गर्न पाइने, त्यहाँको बाताबरणको बारेमा बुझ्न सकिने, आफ्नो बारेमा पनि आफन्तहरुलाई जानकारी दिन सकिने खालको अवसर इन्टरनेटको सामाजिक सञ्जालहरुले दिइरहेका छन् । यसरी नै इन्टरनेटमा रहेर काम गर्ने अवसरहरु पनि थुप्रै छन् ।

कुनै समयमा डाटा इन्ट्रि काम नेपालमा पनि खुबै प्रख्यात थियो । विभिन्न कम्पनीहरुको डाटाहरु भर्नुपर्ने, डाटा भर्ने फर्म पनि उपलब्ध कम्पनीले नै उपलब्ध गरिदिने र म्याटर पनि उनीहरुले नै दिने आफुले सिर्फ कपि र पेष्ट मात्र गरेर हजारौ फर्महरु भर्नुपर्ने काम प्रख्यात थियो । दैनिक हजार भन्दा बढि डाटा भर्नै पर्ने खालको काम हुन्थ्यो र मासिक रुपमा ति कम्पनीका एजेन्टहरुले टार्गेटको अनुसारले काम गर्ने कामदारहरुलाई पारिश्रमिक उपलब्ध गराइदिन्थ्यो । अहिले पनि त्यो काम कतिपय नयाँ अनलाइन जब गर्न चाहाने यूवा बिद्यार्थीहरुले गरिरहेका छन् ।
ब्लगिङ पनि खुबै चर्चाको बिषय थियो । कुनै पनि बिषयमा एउटा राम्रो ब्लग निर्माण गरेर सम्बन्धित ब्यक्तिहरुलाई राम्रो जानकारी दिने माध्यम हो ब्लग । जति धेरै ब्यक्तिहरुले उक्त ब्लग हे¥यो त्यति नै धेरै आम्दानी ब्लग मालिकलाई आउने गथ्र्यो । नेपालमा पनि अधिकांश ब्यक्तिहरुले अधिक ब्लग निर्माण गरे । विभिन्न बिषयमा आधारित भएर राम्रा लेखहरु ब्लगमा समावेश हुन्थ्यो । धेरैले राम्रा आम्दानी पनि गरेका छन् । ब्लगलाई आधार बनाएर पछिल्लो पटक त डिजिटल पत्रिकाहरुले राम्रो आम्दानी गरिरहेका छन् । पंक्तिकार आफै पनि यो बिषयमा बिगत ७ बर्ष अघि देखि अध्ययन अनुशन्धान कार्यमा सरिक रहि आएको छ ।

अनि अर्को पनि बडो काइदाको आम्दानी छ इन्टरनेटमा । त्यो हो भिडियो मार्केटिङ । इन्टरनेटमा बहुत चलेको वेबसाइट हो युट्युब डट कम । गुगलले करोडौ डलरमा तिरेर किनेको हो–युट्युब अर्थात बिश्वब्यापी भिडियोहरुको संग्राहलय । युट्युबमा कुनै पनि भिडियो अधिक रुपमा दैनिक हेर्ने मान्छे भयो भने राम्रो कमाउने अवसर छ । जस्तो एउटा गीतको म्युजिक भिडियो युट्युबमा हजारौले हेर्छन् भने त्यो भिडियो राख्ने युजरले कम्तीमा पनि दैनिक ३ डलर भन्दा माथि आम्दानी गर्न सक्छ । हाम्रो नेपालमा पनि सुन्नमा आएको हो । ब्यबहारमा कतिको सत्य छ कुन्नि । नेपाली म्युजिक कम्पनीहरुले अब युट्युबमा भिडियो हेरे बापत गायक, संगीतकार, गीतकारलाई रोयल्टी आउने मेलोमेशो मिलाइदिएको छ रे । सुन्दामा चाहि साह्रै रमाइलो ।

पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुक जस्तै अर्को सञ्जाल पनि जन्मिसकेको छ । त्यो सञ्जालको वेबसाइट इन्टरनेटको बजारमा अत्यन्त प्रख्यात हुदै छ । वेबसाइटको नाम फ्यानबक्स डट कम । सबै फेसबुक जस्तै । एकाउन्ट खोल्न मिल्ने, ब्यक्तिगत प्रोफाइल बनाउन मिल्ने, कमेन्ट गर्न मिल्ने, फोटो राख्न मिल्ने, भिडियो राख्न मिल्ने, साथी बनाउन मिल्ने, च्याट गर्न मिल्ने सबै दुरुस्तै । तर फ्यानबक्समा रहेको हाम्रो प्रोफाइलको स्टाटसमा कुनै साथीले कमेन्ट गरिदिए हामीलाई पैसा आउछ । फोटोमा कमेन्ट गरिदिए राम्रो पैसा आउछ । युट्युबको भिडियो फ्यानबक्सबाट हेरिदिए त्यहाँपनि हेरेबापत पैसा आउछ । अझ फ्यान्बक्सको माध्यमबाट कुनै पनि सामान आफ्नो साथीहरुलाई बेच्न सकियो भने अपेक्षा गरे भन्दा बढि पैसा आउछ । यो वेबसाइटलाई म चाहि फेसबुक र अमेजोन डट कमको मिश्रण मान्छु ।

अब अलिक इन्टरनेटमै रहेर पनि पेशागत रुपमा कार्य गर्न सकिने खालको (प्रोफेसनल वर्क) कुरा गरौ । फ्रिल्यान्सर डट कम, गुरु डट कम, ओडेष्क डट कम जस्ता वेबसाइटहरुले आजको यो समयसम्म बिश्वका करोडौ ब्यक्तिहरुलाई रोजगारी दिइरहेका छन् । नेपालमा पनि धेरै ब्यक्तिहरुले यो वेबसाइटहरुको माध्यमबाट काम पाइरहेका छन् । आम्दानी  पनि राम्रै गरेका छन् । यो चाहि कस्तो खालको हो भन्देखिन् यदि यक्तिसँग कुनै बिषयमा दक्ष सीप छ भने त्यो सीपलाई बेच्ने काम ति माथिका वेबसाइटहरुले गरिदिन्छन् । मानौ कुनै एक ब्यक्ति राम्रो वेब डिजाइन गर्न सक्छ भने त्यो वेब डिजाइनिङको काम उनले ति माथिका वेबसाइटहरुमा खोजेर राम्रो मुल्यमा काम प्राप्त गर्न सक्छ । प्रबिधिको बिषयसँग मात्र सम्बन्धित नभएर अन्य बिषयहरु जस्तै प्रपोजल राइटिङ, कन्टेन्ट राइटिङ, बिजनेश प्रेजेन्टेशन जस्ता कामहरु पनि प्राप्त गर्न सकिन्छ ।

यि माथिका सबै हिजोको समयमा चल्दै आएका अनलाइन बिजनेश अर्थात अनलाईन जबको बारेमा संक्षिप्त कुरा गरियो । अब अहिलेको नबिनतम(लेटेष्ट) अनलाइन बिजनेश पनि नेपालमा भित्रिसकेको छ । त्यो हो इन्टरनेट एफिलेट मार्केटिङ । यो काम कम्प्युटरमा अत्यन्त न्युन ज्ञान भएका ब्यक्तिहरु जोसुकैले पनि गर्न सक्छ । अत्यन्त सानो लगानीबाट काम गर्न सकिने इन्टरनेट एफिलेट मार्केटिङ थोरै समयमा राम्रो मेहनत गर्न सकियो भने सोचेभन्दा बढि आम्दानी गर्न सकिन्छ । यसमा धेरै समय अनलाइनमा खर्चिनु पनि पर्दैन । धेरै लगानी लगाइराख्न पनि पर्दैन । मात्र आफुले काम गर्ने कम्पनीको बारेमा अनलाइनको माध्यमबाट जानकारी दिएर ब्यापार गर्ने हो । अर्थात अरु इच्छुकहरुलाई एफिलेट गर्ने हो ।

पैसा आउछ त भनियो । तर कसरी आफुले इन्टरनेटमा कमाएको पैसा हात पर्छ त ? इन्टरनेटको एकाउण्टहरुमा धेर थोर डलर त कमाइएला । त्यसलाई कम्प्युटरबाट सिधै तान्ने कुरा पनि हावाको कथा जस्तो मात्र हुन्छ । यो प्रश्न तपाईहरुमा पनि होला । पैसा हातमा आइपुग्नको लागि अनलाइन पेमेन्ट प्रोसेसरहरु प्रशस्त छन् । पेपल, पेजा, सोलिडट्रष्ट जस्ता प्रोसेसरको माध्यमबाट ब्यांकमा भेरिफाइड गर्न सकिन्छ । जुन एकाउन्टमा स्विफ्ट कोडको प्रयोग हुन्छ । तिनको माध्यमबाट तपाईको खातामा पैसा जम्मा हुन्छ । नत्र अर्को सजिलो उपाय यदि तपाईसंग बिश्वभरी चल्ने मास्टरकार्ड छ भने ति मास्टरकार्डको माध्यमबाट पनि पैसा झिक्न सक्नुहुन्छ ।
यि सबै कुराहरुको जरासम्म पुग्नको लागि नेपालीहरु निकै समय लाग्छ । तर प्रबिधिको यस्तै तिब्र बिकास भइरह्यो भने चाहि भन्न सकिन्न सबैले भोलिको समयमा राम्ररी थाहा पाइसक्नेछन् । यि सबै कुराहरु नेपालमा गर्न कुनै नीति नियमहरु बनिसकेको छैन । एउटा ब्यवस्थित नीति र सरकारले यसलाई प्राथमिकतामा राख्ने हो भने नेपाली यूवाहरुको लागि यो अत्यन्त उपयोगी छ । फलदायी छ । रोजगारी पाउने ठुलो माध्यम बन्छ । अवसर बन्छ । मध्यम आम्दानीको लागि बिदेशीनु जरुरी छैन । यो एउटा सहज कार्य हो ।

यति जानकारी भइसकेपछि पंक्तिकार आशा राख्दछ कि अहिले बाटै फुर्सदिला यूवाहरुले प्रयाश गरुन् । इन्टरनेटमा इन्टरप्रेनर बन्नको लागि । शुभकामना ।
Share this article :

0 comments:

Please give us your comment

Write your feedback!...Thank You

बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् । Read More

आइबिएन के हो ?

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ । Read More
 
Design By : Anuz Kulung | Sanjeev Sah | IBN Team
Copyright © 2011. Internet Business Nepal - All Rights Reserved