इन्टरनेट बिजनेश नेपाल नेटवर्क (आइबिएन टिम) मा आउनुभन्दा पहिले सचेत हुनुपर्ने कुराहरु । - Internet Business Nepal
Headlines News :
Home » » इन्टरनेट बिजनेश नेपाल नेटवर्क (आइबिएन टिम) मा आउनुभन्दा पहिले सचेत हुनुपर्ने कुराहरु ।

इन्टरनेट बिजनेश नेपाल नेटवर्क (आइबिएन टिम) मा आउनुभन्दा पहिले सचेत हुनुपर्ने कुराहरु ।

Written By Unknown on Friday, September 5, 2014 | 9:18 AM

आइबिएनमा तालिम लिदै यूवा/यूवती बिद्यार्थीहरु । फोटोः सन्तोष बस्याल
१.जीबनमा केहि गर्छु भन्ने संकल्प लिएर आउनुहोस् ।
२.प्रबिधिलाई बिश्वास गर्नुहुन्छ भने आउनुहोस् ।
३.आफु आवद्ध हुनुभन्दा अघि सय बार सोच्चुहोस् ।
४. यदि तपाई आफुलाई दोधार भए सम्बन्धित ब्यक्तिसंग समय मिलाएर राम्ररी परामर्श लिनुहोस् ।
५. इन्टरनेट मार्केटिङ कुनै नौलो काम होइन । यो मात्र इन्टरनेटको उपयोग गरेर घरमै बसि गर्न सकिन्छ ।
६. मास्टरकार्ड को बिषयमा परामर्श तथा कार्ड अमेरिकाबाट उपलब्ध समेत गराइन्छ ।
७. फेसबुकलाई ब्यवसायीक ढंगले कसरी उपयोग गर्ने यो कुरा पनि तालिम दिइन्छ ।

मुख्य बुँदाहरु यि नै भए । काम गर्दै जादा सहज र कठिन दुवै हुन्छ । तर सहज हुदा मात्तिने र कठिन हुदा आतिने ब्यक्तिले यसमा सफल पाउछु भनेर आशा राख्नु हास्यस्पद कुरा हो ।

आइबिएनमा पनि सबैले सफल हुन्छन् भनेर ठोकुवा गर्न भने सकिन्न । तर जो जसले हाम्रो तालिमको कुरालाई अनुशरण गरेर मेहनत गर्नुहुन्छ । उनीहरुको खालि हात चाहि कहिल्यै हुँदैन ।

अर्को कुरा, मुखले बोलेर त्यो गर्छु भनेर त्यसलाई ब्यवहारमा चाहि उतार्नु भएन भने त्यहाँ पनि तपाई असफल नै बन्नुहुनेछ ।

आइबिएन बिगत चार महिना एता कार्यसञ्चालनमा आएको हो । यो पोखरामा स्थापित संस्था हो । २ महिना अघि देखि नै कम्पनीको कार्य सञ्चालन आउनुपर्ने थियो । तर अमेरिकाको कम्पनीसं
ग संझौता अनुरुप कार्य दुई महिना रद्ध भएको हुदा त्यो समय बिनाकार्य टिम मात्र ब्युल्ड अप गरियो र बिगत १ महिना एतादेखि कार्यसञ्चालनमा आएको र ९ जनाले यो महिनाभित्र आम्दानी पनि गरिसकेको हुनाले सबैलाई बधाई एबम् आगामी दिनको शुभकामना ब्यक्त गर्दछु ।

आइबिएन संस्था अर्थबाउण्ड आइटि सोलुसन प्रालिको एक छाता संगठन जस्तो भएर हालसम्म कार्य गरेको थियो भने हाल यो संगठन एक्लो संस्थाको रुपमा दर्ता भई संचालनमा आएको छ । जसको नामः इन्टरनेट बिजनेश नेपाल नेटवर्क बाट ।

तपाईहरुको अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया सहयोगको अपेक्षा सधै रहिरहनेछ ।

धन्यवाद ।
Share this article :

0 comments:

Please give us your comment

Write your feedback!...Thank You

बेरोजगारीलाई हटाउने एक माध्यमः आइबिएन

तर यो अहिलेको आवश्यकता हो । अब हामी नेपाली कलेज धाएर मात्र पनि केहि हुने वाला छैन । कलेज जाउ । ब्याचलर पढ । खाडी जाउँ । घण्टौ काम गर । दुई पाँच लाख कमाउ । दशकमा देश फर्क । गाउँमा चिटिक्कको घर बनाउ । केहि सानोतिनो ब्यापार गरिखाउ । या खाडी जाउ । दुःख पाउँ । बेरोजगार बस । मुला खाएर बाँच । कम्पनीबाट काम नपाउँ । मर । त्रिभुवन बिमानस्थलमा लाश बनि आउँ । काज किरिया गरी संसारबाट बिदा होउ । या केहि पढ । पैसा हालि बिद्यार्थी भिसामा राम्रो देश जाउ । पार्ट टाइम काम गर । अनि अबैधानिक रुपमा त्यहि देशमा पैसा कमाउन भाँडा माझ्ने भए नि काम गर । पैसा कमाउ । देश फर्क । बिहे गर । फेरी बिदेश जाउ । गरिखाउँ । या बिद्यार्थी भिसामा बिदेश जान कोशिष गर । फस । कालो मुख लाएर डिप्रेसन भई बस । यो कुरा अब पुरानो भईसक्यो । हाम्रो देश यसैले मात्र धानेको छ । भन्छ नि रेमिट्यान्स । तर यहाँ नेपालमा पैसा देख्नेहरु पनि छन् । नेपालमा भबिष्य देख्न नसकिने पनि होइन । एकाध दुई ब्यक्तिहरु मात्र हुन् कि जो अहिले यहि बसेर केहि गरिखाएका छन् । Read More

आइबिएन के हो ?

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ । Read More
 
Design By : Anuz Kulung | Sanjeev Sah | IBN Team
Copyright © 2011. Internet Business Nepal - All Rights Reserved